लन्डन, (एजेन्सी) ।
युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो ग्लोब सकर अवार्डमा वर्षका उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन्।
दुबईमा आइतबार आयोजित सो कार्यक्रममा उनी उक्त अवार्डबाट सम्मानित भएका हुन्। उनले अवार्डका लागि आफुलाई समर्थन गर्नेहरू प्रति आभार ब्यक्त गरे।
अवार्ड जितेपछि रोनाल्डोले भने,–’अरबी समुदायलाई धन्यवाद दिन चाहछु। यो अवार्ड प्राप्त गर्नु मेरो लागि गौरवको विषय हो। आशा छ, अर्को वर्षपनि यो अवार्ड जित्नेछु र सबैलाई नयाँ वर्षको शुभकामना।’
रोनाल्डोले यो वर्ष बालोन डि ओर, फिफाको द बेस्ट वा युरोपको वर्षको उत्कृष्ट खेलाडी अवार्ड कुनै जितेनन्। तर दुबईमा सम्मानित भएसँगै यो वर्ष उनी खाली हात भएनन्।
उक्त कार्यक्रममा एट्लेटिको मेड्रिड तथा पोर्चुगलका जाओ फिलिक्स उत्कृष्ट युवा खेलाडीको अवार्डबाट सम्मनित हुँदा लिभरपुलका योर्गन क्लोप उत्कृष्ट प्रशिक्षक चुनिए। लुसी ब्राउन्ज बर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भईन्।











प्रतिक्रिया