सिडलले संन्यास लिए



मेलबर्न, (एजेन्सी)।

अस्टे«लियाका तीव्र गतिका बलर पिटर सिडलले अन्तर्राष्ट्रिय क्रिकेटबाट आइतबार संन्यास लिएका छन्।
३५ वर्षीय सिडलले आफ्नो करिअरमा ६७ टेस्ट खेल्दै कूल २ सय २१ विकेट लिएका छन्। सन् २००८ मा भारतविरुद्ध टेस्ट खेलमा डेब्यु गरेका उनले सचिन तेन्दुलकरको रूपमा पहिलो टेस्ट विकेट लिएका थिए।

सिडलले सन् २०१६ देखि २०१८ सम्म क्रिकेटबाट टाढा हुनुपरेको थियो। यसपछि पुनः उनी खेलमा फर्के पनि पहिलेजस्तो प्रदर्शन गर्न सकेनन्। उनले ५ टेस्टमा केवल १० विकेट मात्रै लिन सके।

सिडलले घरेलु क्रिकेट भने खेल्नेक्रम जारी रहेको बताएका छन्। उनी बिग बास लिगमा एडिलेड स्ट्राइकर्स र काउन्टीमा एसेक्सका लागि खेलिरहेका छन्।

उनले स्थानीय रेडियो फाक्स क्रिकेटमा भने– ‘यो भन्न मुस्किल हुन्छ कि सही समय कुन हो। एसेज मेरो मुख्य लक्ष्य थियो। संन्यास लिने निर्णय गरेपछि मैले कप्तान टिम पेन र कोच जस्टिन लेन्गरसँग कुरा गरेँ।’

प्रतिक्रिया दिनुहोस्