सीसीआरसीको ह्याट्रिक उपाधि



नेपाल समाचारपत्र, काठमाडौं।

सीसीआरसी चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेको छ।
सीसीआरसी लगातार तेस्रोपटक च्याम्पियन बनेको हो। शुरुको संस्करणमा पनि सीसीआरसी फाइनलमा पुगेको थियो।

त्यसमा भने सीसीआरसी चुक्यो। चारै संस्करणको फाइनल खेल्ने सीसीआरसी एक्लो टिम हो। बुद्धनगरस्थित रोजबड स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सीसीआरसीले टाइम्स इन्टरनेसनललाई ६२–५७ ले पराजित गर्यो। सीसीआरसीका बुद्ध रोकाले १९ अंक जोडे।

टाइम्सका पेम्बा शेर्पाले २६ स्कोर गरे पनि जितका लागि पर्याप्त भएन।सीसीआरसीले पहिलो क्वार्टरमा १९–१७ को अग्रता लियो भने दोस्रो ९–९ को बराबरीमा सकियो।

तेस्रो क्वार्टर १७–१३ ले सीसीआरसीकै पक्षमा रह्यो। चौथो क्वार्टरमा टाइम्स १८–१७ को झिनो अन्तरले अगाडि रह्यो। प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्