सौगात र आयुष्मालाई स्वर्ण



काठमाडौं, (नेस)।

एलआरआईका सौगात वाग्ले र त्रियोगकी आयुष्मा गैरे दोस्रो क्युकेएस स्पोर्ट्स मिटअन्तर्गत टेबल टेनिसमा पहिलो भएका छन्। सिनियर सिंगल्सको ब्वाइजमा सौगात र गल्र्समा आयुष्मा पहिलो भएका हुन्।

क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को आयोजनामा नक्सालस्थित बृहस्पति विद्यासदनमा भएको सिनियर ब्वाइजमा अक्षराका आदित्य सुवेदी दोस्रो तथा प्रिमियरका सगुन श्रेष्ठ र संस्कृतिका रनकलाल श्रेष्ठ तेस्रो भए।

सिनियर गल्र्समा एलाइटकी रिया अग्रवाल दोस्रो तथा संस्कृतिकी श्रेया स्थापित र बृहस्पतिकी स्निग्धा थापा तेस्रो बने।जुनियर ब्वाइज सिंगल्समा कान्जिरोवाका रवि विकले स्वर्ण, जेम्सका सोरो शेर्पाले रजत तथा संस्कृतिका अभिमोड वज्राचार्य र बृहस्पतिका अर्नभ अधिकारीले कांस्य जिते।

ही स्पर्धाको गल्र्समा त्रियोगकी कृष्मा रिजाल पहिलो, जेम्सकी प्राप्ती व्यञ्जनकार दोस्रो तथा काठमाडौं प्रज्ञाकुञ्जकी कृषा काफ्ले र संस्कृतिकी स्तुति तेस्रो भए। स्पोर्ट्स मिटअन्तर्गत एथलेटिक्स बाँकी छ।

 

 

प्रतिक्रिया दिनुहोस्