सैनिक र साइपाल भिड्ने



काठमाडौं, (नेस)।
सैनिक आवसीय महाविद्यालय र साइपाल एकेडेमी प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
सैनिकले आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेजलाई ५–० गोलले पराजित गर्यो। सैनिकका विश्रान्त बस्नेत ‘म्यान अफ दी म्याच’ घोषित भए।

अर्को सेमिफाइनलमा साइपालले लिटिल एन्जल्स (एलए) लाई २–१ गोलले हरायो। साइपालका सन्जिव लामा ‘म्यान अफ दी म्याच’ चुनिए।फाइनल शनिबार हुने छ। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन्।

प्रतिक्रिया दिनुहोस्