घर फर्कियो साबिक विजेता



हेटौंडा, (नेस)।

दोस्रो बीपी कप फुटबलमा बिहीबार भएको पहिलो खेलमा साबिक विजेता बकैया गाउँपालिकालाई टाइब्रेकरमा हराउँदै हेटौंडा–१ विजयी भएको छ। टाइब्रेकरमा साबिक विजेता बकैयालाई २–१ ले हराउँदै हेटौंडा विजयी भएको हो।

योसँगैं बकैया पहिलो खेलबाटै बाहिरिएको छ। म्यान अफ दी म्याच हेटौंडाका गोलकिपर निश्चल दुलाल भए। प्रतियोगितामा पहिलो हुने टिमले नगद ५० हजार र दोस्रो हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गरे।

त्यस्तै हरेक दिन म्यान अफ दी म्याच हुने खेलाडी, वेष्ट प्लेयर, किपर, उत्कृष्ट डिफेण्डर लगायतलाई नगद पुरस्कार राखिएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्