रोजबड समूह विजेता



काठमाडौं, (नेस)।

आयोजक रोजबड चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बुधबार समूह ‘सी’ को विजेता भयो।
एक खेल अगावै क्वार्टरफाइनल पुगेको रोजबडले आफ्नो लिगको अन्तिम खेलमा समृद्धिलाई ५४–४१ ले पराजित गर्यो।

रोजबडका जोन सुनुवारले १९ अंक जोडे। समृद्धि पनि समूह उपविजेताका रुपमा अन्तिम आठमा पुग्न सफल भयो।अर्को खेलमा सीसीआरसीले युनिग्लोबलाई ६३–३९ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गर्यो।

सीसीआरसीका निमाले १७ स्कोर गरे। बुधबारको खेलसंगै क्वार्टरफाइनल समीकरण पनि तयार भयो। क्वार्टरफाइनलमा सीसीआरसी र समृद्धि, ह्वाइटहाउस र ट्रिनिटी, टाइम्स र रोजबड तथा जेभियर इन्टरनेसनल कलेज र ज्ञान निकेतनबीच हुने छ।

प्रतिक्रिया दिनुहोस्