एक्सेल्सियर सेमिफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं।

आयोजक द एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्टलाई ५–२ गोलले पराजित गर्यो।

एक्सेल्सियरका जोयल लामाले ४ तथा निभान पौडेलले १ गोल गरे। रेडिअन्टका खडक रावत र सरिश खड्काले गोल गरे। सोही स्पर्धामा युकेश नेगी र कुलदेव तितुङको ह्याट्रिकमा किड्स लर्निङले काष्ठमण्डपलाई ६–१, ग्रिनफिल्डले रातो बंगलालाई ४–३ तथा पुष्पसदनले बृहस्पतिलाई ३–१ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे।

यु–१६ ब्वाइज फुटबलमा महामञ्जुश्रीले काष्ठमण्डपलाई ४–३, ग्रिनफिल्डले ग्यालेक्सीलाई ३–२, बृहस्पतिले इलाइट को–एडलाई ४–० तथा एक्सेल्सियरले एलआरआईलाई ३–० गोलले पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरे।

बास्केटबलको सिनियर ब्वाइजमा डिफेन्डिङ च्याम्पियन रेडिअन्टले ग्रिनफिल्डलाई ६०–५४, महामञ्जुश्रीले विद्योदयलाई ४२–१७ तथा न्यु जेनिथले एलआरआईलाई ४५–१७ ले पन्छ्याउदै अन्तिम चारमा पुगे।

जुनियर ब्वाइजमा महामञ्जुश्रीले ग्रिनफिल्डलाई २०–१६ तथा पिपुल्स एकेडेमीले बिग बुद्धलाई २७–१० ले निराश पार्दै सेमिफाइनलमा स्थान बनाए। गल्र्समा एलआरआईले स्किब्समाथि २०–१२ को जित दर्ता गर्दै अन्तिम चारमा यात्रा तय गर्यो।

प्रतिक्रिया दिनुहोस्