मछिन्द्रको दोस्रो जित



नेपाल समाचारपत्र, काठमाडौं।

लिगका उपाधि दावेदारमध्येका एक टोली मछिन्द्र क्लबले जारी शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई ३–० ले हराएको हो।

टोलीको जितमा पिटर सेगुन, एडेलाजा सोमिडे र रेजिन सुब्बाले गोल गरेका थिए। योसँगैं टोलीले तीन खेलमा ६ अंक जोडेर शीर्षस्थानमा समेत उक्लियो।

डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबको पनि ६ अंक नै रहेको छ। मनाङले २ खेल खेलेको छ। यसैगरी अर्को खेलमा न्युरोड टिम (एनआरटी) ले च्यासल युवा क्लबलाई २–१ ले पराजित गरेको छ।

एनआरटीलाई जित दिलाउन जुनियर अनगुइने निकेङ र दर्शन गुरुङले एक–एक गोल गरेका थिए। २–० ले पछि परेको मछिन्द्रका लागि अन्तिममा अमीर श्रेष्ठले एक गोल फर्काए पनि हारबाट भने जोगिन सकेन।

हारसँगै मछिन्द्रका प्रमुख स्ट्राइकर सन्तोष साहुखलले १ सयौं गोल गर्न सकेनन्। जारी लिगमा उनले लगातार दुई खेलमा गोल गरेर लिगमा आफ्नो व्यक्तिगत ९९ गोलसंख्या पुर्याएका हुन्।

उनले १ सयौं लिग गोल गर्नका लागि अर्को खेल कुर्नुपरेको छ। उनले पहिलो खेलमा संकटाविरुद्ध २ र मछिन्द्रविरुद्ध एक गोल गरेका थिए।

उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्