अन्तरपालिका फुटबल प्रतियोगिताको विजेता बन्यो मधुवन



विष्णु तिमिल्सिना, बर्दिया ।

बढैयाताल गाँउपालिका वडा नं. ८ मा संचालित जिल्ला स्तरिय अन्तरपालिका फुटबल प्रतियोगिताको फाइनलमा बासँगढी नगरपालिकालाई ट्राइवेकरमा ३–२ ले हराउदै मधुवन नगरपालिकाले विजयी उपाधि हासिल गरेको छ । त्यसै गरी बाँसगढी नगरपालिका उपविजेता भएको छ ।

प्रतियोगितामा बर्दिया जिल्लाका ८ वटा पालिकाहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको फाइनल खेल निकै प्रतिस्पर्धात्मक भई फाइनल खेलको पहिलो हाफको ३१ औ मिनेटमा बासँगडिका सुनिल आलेमगरले आकर्षक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यस पछि पहिलो हाफमा कुनै पनि गोल हुन सकेन र पहिलो हाफ सम्ममा बासँगढी १–० गोलले अग्रता कायम गरेको थियो ।

दोस्रो हाफको सुरुवात संगै मधुवनका हरिद्वारे थारुले गोल गर्दै टिमलाई १–१ गोलको स्थितिमा ल्याएका थिए । हरिद्वारेले गोल गरेको ६२ औ मिनेटमा बासँगढी का मिलन थारुले गोल गरेर बासँगढीलाई पुन अग्रता दिलाएका थिए । करिब १५ सय जति दर्शका रहेको फाइनल खेल निकै प्रतिस्पर्धात्मक चलिरहेको थियो ।

खेलको ७२ औ मिनेटमा बासँगढीका दुर्गा केसीको गल्तिले आफ्नो पोष्टमा सु–साइड गोल भयो । गोल संगै खेल २–२ गोलको बराबरी थियो । मधुवनका खेलाडीहरुले बासँगढीको पोष्टमा धेरै गोल गर्ने प्रयास गरे पनि गोल हुन सकिरहेको थिएन ।

खेलको ८२ औं मिनेटमा बासँगढीका सुनिल आलेमगरले दोस्रो गोल गर्दै साथ ३–२ गोलले बासँगढीलाई विजयीको नजिक ल्याइसकेका थिए । तर खेलको ९० मिनेट सकिएर थप गरिएको ३ मिनेट इन्जुरी टाइमको अन्तिम मिनेटमा मधुवनका क्याप्टेन प्रकाश बिसीले आकर्षक गोल संगै खेललाई बराबरीमा रोक्न सफल भएका थिए । पुरा समय सकिए संगै खेल ३–३ गोलले बराबरीमा रह्यो ।

त्यसपछि भएको ट्रयाइबेकरमा मधुवन नगरपालिकाले बासँगढी नगरपालिकालाई ३–२ गोलले हराउँदै प्रथम भएर एक लाख नगद प्राप्त गरे को छ भने दोस्रो भएको बासँगढी नगरपालिकाले ६० हजार नगद प्राप्त गरेको छ ।

बढैयाताल–८ मा रहेको कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा भएको यस प्रतियोगितामा प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका मधुवनका क्याप्टेन प्रकाश बिसि म्यान अफ द सिरिज घोषित भएका थिए । बेष्ट गोलकिपर मधुवन कै लक्ष्मण बिसि भएका थिए भने बेष्ट डिफेन्स को उपाधि बासँगढीका सुदिप घर्ती र अन्जान थारुले सर्वाधिक गोल (६) गरेका थिए । समापन कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद तुलसा थापाले नगद पुरस्कार, शिल्ड तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्