सेन्ट्रल गल्फमा शिवरामको अग्रता



काठमाडौं, (नेस)।
शिवराम श्रेष्ठले जारी सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताअन्तर्गत् दोस्रो दिन अग्रता लिएका छन्। सूर्य नेपाल गल्फ टूर २०१९–२० अन्तर्गत् पहिलो इभेन्टतर्फ मंगलबार सम्पन्न खेलमा शिवरामले ७ अन्डर ६५ अंक जोडेका हुन्।
उनले दोस्रो चरणसम्म कूल ६ अन्डर १ सय ३८ अंक बनाएर ६ स्ट्रोकको अग्रता लिएका छन्। उनीपछि भुवन नगरकोटी र व्यवसायिकमा भर्खर पाइला टेकेका सुक्रबहादुर राई रहेका छन्। उनीहरूले समान १ सय ४४ अंक जोडेका छन्।

प्रतिक्रिया दिनुहोस्