एक्सेल्सियर सेमिफाइनलमा



काठमाडौं, (नेस)।
आयोजक द एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले होली भिजनलाई ४४–१८ को फराकिलो अन्तरले पराजित गर्यो।
टोलीको जितमा सशान्त डंगोलले १९ अंक योगदान गरे। सिनियर गल्र्समा द चाँदबाग स्कुल, स्वर्णिम र सिद्धार्थ बनस्थलीले अन्तिम चार सुरक्षित गरे।
चाँदबागले एभीएमलाई २०–१० ले, स्वर्णिमले शिशु निकुञ्जलाई २७–६ ले र सिद्धार्थ बनस्थलीले आयोजक एक्सेल्सियरलाई १८–१३ ले निराश पारेका थिए। जुनियर ब्वाइजमा रेडिअन्ट पब्लिक स्कुल र सेबले अन्तिम चारको यात्रातय गरे।
डिफेन्डिङ च्याम्पियन रेडिअन्टले नवजीवनको चुनौती २३–१२ ले पन्छायो। स्वर्णिम विरुद्धको खेलमा सेब ३८–१७ ले सहजै विजयी भयो।

प्रतिक्रिया दिनुहोस्