लुम्बिनी क्वार्टरफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं।
लुम्बिनी पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ। लुम्बिनीले गोल्डेनपिकलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्यो।
उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा हिमरश्मीले पिस प्वाइन्ट ‘ए’ लाई १–०, त्रिकोणले कौशललाई ५–०, पशुपतिले पिस प्वाइन्ट ‘बी’ लाई ३–२, विनायकले नेक्सस्लाई १–० र टीआईएले जोसेफलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरे।

प्रतिक्रिया दिनुहोस्