विनायक अर्को चरणमा



नेपाल समाचारपत्र, काठमाडौं।

विनायक स्कुल पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।
नेफ र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा विनायकले अरूणोदयलाई २–१ गोलले पराजित गर्यो।

विनायकका सचिन राई र सुवास परियारले गोल गरे। त्यस्तै नेक्ससले एकता जेम्सलाई १–०, समटाले टीआईएलाई ४–२ (टाइब्रेकर) तथा जीवन ताराले छहारीलाई १–० गोलले हराउदै अन्तिम आठको यात्रा तय गरे।

 

प्रतिक्रिया दिनुहोस्