भुपेन्द्र र मिनुको भब्य स्वागत



नेपाल समाचारपत्र, काठमाडौं।

चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताका रजत पदक विजेताद्वय भूपेन्द« थापामगर र मिनु गुरुंगलाई नेपाल बक्सिङ संघले सोमबार भब्य स्वागत गरेको छ।

उक्त प्रतियोगिताका पदकधारीद्वयलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य समेत रहेका बक्सिङ संघका उपाध्यक्ष अर्जुनबहादुर केसी, मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतका पदाधिकारी, खेलाडी, पदक विजेताका परिवारलगायतले स्वागत गरे। रजत विजेता दुवै खेलाडी हालै सम्पन्न १३ औं सागका स्वर्णधारी हुन्।

स्वागत कार्यक्रममा अध्यक्ष अवालेले यो अनुभावले एसियाली तथा ओलम्पिक खेलकुदमा राम्रो नतिजा ल्याउन मद्दत पुग्ने धारणा व्यक्त गरे। राखेपका सदस्य केसीले जुनसुकै प्रतियोगितामा पनि प्रतिद्वन्द्वीलाई कडा चुनौती दिन नेपाली खेलाडी सक्षम रहेको धारणा व्यक्त गरे।

पदक विजेता दुवै खेलाडीले स्वर्ण नजिक पुगरे पनि असफल भएकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा कमीकमजोरीलाई सुधार्दै स्वर्ण जित्न प्रयासरत रहने बताए।

प्रतिक्रिया दिनुहोस्