चेल्सीद्वारा टोटेनह्याम पराजित



लन्डन, (एजेन्सी) ।

चेल्सीले ब्राजिलियन विलियनको दुई गोलको सहयोगमा प्रिमियर लिगमा टोटेनह्यामलाई उसैको मैदानमा २–० गोलअन्तरले हराएको छ।
विलियनले दुवै गोल पहिलो हाफमा गरेका थिए। उनले १२औं मिनेटमा माटियो कोभासिसको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा विलियनले पेनाल्टीमार्फत् गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।
मार्काेस अलन्सोलाई पेनाल्टी बक्समा गोलरक्षक पाउलो गाजानिगाले लडाएपछि भिएआरको सहायतामा चेल्सीले पेनाल्टीको मौका पाएको थियो। जसलाई विलियनले गोल गर्न कुनै कन्जुस्याई गरेनन्।

६२औं मिनेटमा टोटेनह्यामका ह्युङ मिन सन सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो। एन्टेनियो रुडिगरमाथि खराव ट्याकल गरेसँगै भिएआरको सहायतामा सनलाई रातो कार्ड देखाइएको थियो।

प्रतिक्रिया दिनुहोस्