जेम्सलाई फुटसल उपाधि



काठमाडौं, (नेस)।

जेम्सले दोश्रो क्युकेएस स्पोर्ट्स मिटअन्तर्गत युरो स्कुलमा भएको फाइनलमा इम्पेरियललाई हराएर ब्वाइज फुटसलको उपाधि जितेको छ। प्रिमियर इन्टरनेसनल स्कुलले तेश्रो स्थानमा चित्त बुझायो।

काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) द्वारा आयोजित प्रतियोगितामा जेम्सका राज अग्रहरी, सौरव कार्की र समिर नेम्कुल क्रमशः खेलाडी, गोलकिपर र प्रशिक्षकमा उत्कृष्ट भए। संस्कृति इन्टरनेसनल स्कुलका अगत अधिकारी सर्वाधिक गोलकर्ता बने।

गल्र्स फुटसलमा प्रिमियर पहिलो, संस्कृति दोश्रो तथा एलआरआई तेश्रो भए। संस्कृतिकी शशिका अमात्य उत्कृष्ट खेलाडी घोषित हुँदा प्रिमियरका डायना राजभण्डारी र सुरज महर्जन क्रमशः गोलकिपर र प्रशिक्षकमा उत्कृष्ट चुनिए। प्रिमियरकै पर्मिता श्रेष्ठ सर्वाधिक गोलकर्ता बनिन्।

प्रतिक्रिया दिनुहोस्