लाजियोलाई उपाधि



लन्डन, (एजेन्सी) ।

इटालियन सिरी ए क्लब लाजियोले यस सिजनको इटालियन सुपरकपको उपाधि जितेको छ। साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा आइतबार राति भएको खेलमा लाजियोले युभेन्टस्लाई ३–१ ले हराएको हो।

टोलीलाई च्याम्पियन बनाउन लुइस अल्वेर्टाे, सेनाद लुलिक र डानिलो काटाल्डीले गोल गरेका थिए। युभेन्ट्सका लागि भने पाउलो डिबालाले सान्त्वना गोल फर्काएका थिए। खेलको १६औं मिनेटमा लुइस अल्र्वेटोको गोलबाट लाजियो खेलमा अघि बढेको थियो।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा डिबालाले बराबरी गोल फर्काएका थिए। तर, ७३औं मिनेटमा सेनाले गोल गर्दै लाजियोलाई पुनः खेलमा २–१ को अग्रता दिलाए।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा युभेन्ट्स १० खेलाडीमा समेटियो। रोड्रिगो बेन्टानकर दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो। त्यसको एक मिनेटपछि डानिलोले गोल गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्