जगत् मन्दिर र लाइसियमलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं।

जगत मन्दिर र लाइसियम मोडेलले माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। जगत मन्दिर ब्वाइज तथा लाइसियम गल्र्समा च्याम्पियन बने। प्रतियोगिता ब्वाइजको तेस्रो तथा गल्र्सको चौथो संस्करण हो।

माफद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जगत मन्दिरले ग्लोबल पब्लिकलाई २५–२० र २५–२१ को सोझो सेटमा पराजित गर्यो। लाइसियमले सम्भावीलाई २–० सोझो सेटले हराउँदै तेस्रो भयो।

कालोपुलस्थित एडभान्स स्कुलमा भएको गल्र्सको उपाधि भीडन्तमा लाइसियमले विज किड्समाथि २५–१५ र २५–२१ को जित दर्ता गर्यो। तेस्रो भएको डिफेन्डिङ च्याम्पियन क्याम्ब्रिजले ग्लोबललाई २–० ले पाखा लगायो।

दुवै समूहमा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार र चांैथोले ४ हजार नगद पुरस्कार प्राप्त गरे।ब्वाइजमा जगत मन्दिरका लाक्पा तामाङ र गल्र्समा लाइसियमकी नन्दनी कर्ण उत्कृष्ट खेलाडी, ब्वाइजमा क्याम्ब्रिजका रोहितसिंह साउद र गल्र्समा एडभान्सकी अनुष्का तामाङ उत्कृष्ट डिफेन्डर तथा ब्वाइजमा ग्लोबलका योञ्जनदेव गौतम र गल्र्समा विज किड्सकी राशी उत्कृष्ट स्पाइकर घोषित भए।

त्यस्तै ब्वाइजमा एडभान्सका अभिषेक मगर र गल्र्समा क्याम्ब्रिजकी त्रिशला रावल उत्कृष्ट सर्भर, ब्वाइजमा जगत मन्दिरका मिङमा शेर्पा र गल्र्समा लाइसियमकी अनिशा रोय उत्कृष्ट सेटर तथा ब्वाइजमा सम्भावीका निजल राई र गल्र्समा ग्लोबलकी गीता घिमिरे उत्कृष्ट ब्लकर चुनिए। उत्कृष्ट सबैले जनही १ हजार नगद पुरस्कार हात पारे।

 

प्रतिक्रिया दिनुहोस्