ब्याडमिन्टनमा ग्यालेक्सीको वर्चस्व



नेपाल समाचारपत्र, काठमाडौं।

तेस्रो एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत ब्याडमिन्टनमा ग्यालेक्सी पब्लिक स्कुलको वर्चस्व रह्यो। एनप्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा निमा याङ्जी शेर्पा पहिलो, सेरा शेर्पा दोस्रो तथा शिवानी शाह र विधि क्षेत्री तेस्रो भए।

गल्र्स डबल्समा निमा र सेराको जोडीले स्वर्ण तथा शिवानी र विधिको जोडीले रजत जिते। सिनामंगलस्थित पञ्चकुमारी कभर्डहलमा भएको ब्याडमिन्टनको सिंगल्समा ३२ तथा डबल्समा ८ जोडीले प्रतिस्पर्धा गरेका थिए।

ब्याडमिन्टनकै प्रिन्सिपल सिंगल्समा पिपुल्स एकेडेमीका रामबाबु सेढाईंले स्वर्ण, गोल्डेन गार्डेनका निलममणि भट्टराईले रजत तथा एजीएमका श्याम योञ्जन र सेन्ट जर्जका मनोज दाहालले कांस्य हात पारे।

सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेसनल कलेजमा भएको फुटसलमा माउन्ट ओलिभ पहिलो, भीमेश्वर एकेडेमी दोस्रो तथा ग्रिनफिल्ड तेस्रो भए। टेबलटेनिसमा आरुणी १९ अंकसाथ टिम च्याम्पियन बन्यो। ११ अंकमा ग्रिनफिल्ड दोस्रो र ९ अंकमा कान्तिपुर इङलिस एकेडेमी तेस्रो भएका थिए।

सिनियर ब्वाइज बास्केटबलमा ग्रिनफिल्ड पहिलो, युनिभर्सल दोस्रो तथा कान्तिपुर तेस्रो भए। ग्रिनफिल्डका प्रशान्त थापा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। धुम्बाराहीस्थित युनिभर्सल माविमा भएको बास्केटबलमा २४ टिम सहभागी थिए।

त्यस्तै टुँडिखेलमा भएको क्रिकेटमा कान्तिपुर पहिलो, ग्रिनफिल्ड दोस्रो तथा अंकुर तेस्रो बनेका थिए। सबै खेलका विजेतालाई शुक्रबार पुरस्कृत गरियो।

प्रतिक्रिया दिनुहोस्