भलिबलको उद्घाटन खेलमा चार वटा वडा विजयी



न्युज अफ नेपाल, भद्रपुर ।

भ्रमण वर्ष २०२० सँगै नेपाल–भारत बिचको एकता र सद्भावलाई कायम राख्ने उद्देश्यले भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह–आयोजकमा वडा स्तरीय ‘बिच’ भलिबल प्रतियोगिता प्रतियोगितामा वडा नम्बर ३, ४, ५ र ६ विजयी भएको छ ।

खेलमा वडा नम्बर ५ ले वडा नम्बर १ लाई २१–१७, २१–१६ को सोजो सेटमा पराजित गरेको छ । खेलको म्यान अफर द म्याच वडा नम्बर ५ का पारस शर्मा घोषित भए ।

दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर ७ लाई २१–६, २१–११ को सोजो सेटमा पराजित गरेको छ । खेलको म्यान अफर द म्याच वडा नम्बर ३ का विक्रम तामाङ घोषित भए ।

त्यसै गरी तेस्रो खेलमा वडा नम्बर ४ ले वडा नम्बर ८ लाई २१–९, २१–१६ को सोजो सेटमा पराजित गरेको छ । खेलको म्यान अफर द म्याच वडा नम्बर ५ का भरत यादव घोषित भए ।

अन्तिम खेलमा वडा नम्बर ६ ले वडा नम्बर २ लाई २१–११, २१–१४ को सोजो सेटमा पराजित गरेको छ । खेलको म्यान अफर द म्याच वडा नम्बर .६ का सागर कामती घोषित भए । प्रतियोगितामा नगरभरिका १० वटा वडाले सहभागिता जनाएको छ ।

विजेता टिमलाई नगद ३० हजारसहित शिल्ड प्रदान गरिनेछ, भने उपविजेता टिमलाई नगद २० र तृतीय हुने टिमलाई नगद १० हजारसहित शिल्ड प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको लागि वडाको सिलिङबाट १ लाख ७० हजार छुट्टाएर कार्यक्रमको आयोजना गरिएको हो ।

खेल पुस ७ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन समारोहमा भद्रपुरका अग्रज पत्रकार समाचार साप्ताहिक तथा नागरिक एफएमका सम्पादक गोपाल गिरी र स्वाधीन संवाद साप्ताहिकका सम्पादक तथा रेडियो भिजनका कार्यक्रम संयोजक माधव विद्रोहीलाई नगदसहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्