मिनु फाईनलमा, भुपेन्द्रलाई रजत



न्युज अफ नेपाल, काठमाडौँ ।

मिनु गुरुङ चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताको फाईनलमा प्रवेश गरेकी छन् ।

नेपालका लागि महिला ५४ केजीमा मिनु गुरुङले चाईनीज ताइपेइकी मुक्के बाजलाई अंकका आधारमा हराउदै उपाधि नजिक पुगेकी हुन् । २१ तारिख माहुने उपाधि भिड्न्तमा मिनुले फिलिपिन्सीकी मुक्कोवाजसँग प्रतिस्पर्धा गर्ने संघका सदस्य श्याम अवालेले जनाएका छन् ।

पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापाले रजत जितेका छन् । भुपेन्द्र फाइनलमा चाईनीज ताइपेइका मुक्केबाजसँग स्प्लीट डिसिजनका आधारमा ३–२ ले पराजित भएका थिए । रजत जितेका भुपेन्द्रले ५ सय डलर पनि हात पारेको सदस्य श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्