काठमाडौंको दोस्रो जित



विजय नेपाली, पोखरा

पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रीमियर लिग (पिपिएल) अन्तरगत शनिवार भएको खेलमा काठमाडौंले लगातार दोस्रो जित निकालेको छ ।

काठमाडौंले विराटनगर टाइटान्सलाइ ३६ रनले हराउदै दोस्रो जित समेत हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको हो । ओपनर गौरव तोमर शून्यमै आउट भएपनि अर्का ओपनर जयकृष्ण कोल्सावालले ५५ रनको अर्धसतकिय इनिङ खेलेर टोलीलाई उकासे । कोल्सावालले ४३ बलमा ५ चौका र २ छक्का प्रहार गरेकाथिए ।

अन्यमा कप्तान ज्ञानेन्द्र मल्लले ४५ रनको ठोस योगदान दिएका थिए । कप्तान मल्लले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरेकाथिए । विराटनगरको लागी पुनित मेहराले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । किशोरे महतो, जितेन्द्र मुखिया र नोमन खानले समान एक एक विकेट लिए ।

१ सय ६० रनको लक्ष्य पाएको विराटनगरको ब्याटिङ निकै दयनीय भएको थियो । ओपनर ब्याटस म्यान मुहमद जहिद अलम र सुनिल धमला १/१ रनमै पेभेलियन फर्किए । दुबै ओपनर सुबोध भाटीको बलमा आउट भए ।

कप्तान प्रदिप ऐरि २९ रनमा एलवी ड्ब्लु हुँदै आउट भए । कप्तान ऐरिले २७बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । राजु रिजाल एक रनमै आउट भए । राजेश पुलामी मगर २ रनमै आउट भएभने दिलिपनाथ एक रन बनाउदै एलवि ड्ब्लु हुँदै आउट भए ।

नोमन खान २५ रनमा आउट भए भने विराटनगरको लागि पुनित मेहराले ५३ रनको अर्धसतकी इनिङ खेल्दै विराटनगरलाई केही आशा जगाएका थिए । तर उनी आउट भएपछि अन्तिम दुई ओभरमा ४ विकेट गुमाएर अल आउट भएको थियो । म्यान अफ दि म्याच घोषित हुदै काठमाडौंका कोल्सावालले नगद दशहजार रुपैयाँ हात पारे ।

प्रतिक्रिया दिनुहोस्