ग्रिनफिल्ड र सेब विजयी



नेपाल समाचारपत्र, काठमाडौं।

ग्रिनफिल्ड र सेबले आठौं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा बिहीबार जित हात पारेका छन्। सिनियर ब्वाइजमा ग्रिनफिल्डले स्वर्णिमलाई ३४–२१ ले पराजित गर्यो भने विद्योदयले ओसिसलाई २७–२३ ले पाखा लगायो।

ग्रिनफिल्डको जितमा सौरभ पौडेलले ११ अंक योगदान गरे। जुनियर ब्वाइजमा कृपाल कोइरालाको १३ अंक सहयोगमा सेबले ग्रिनफिल्डलाई ३२–१८ ले हरायो।

त्यस्तै स्वर्णिमले आयोजक द एक्सेल्सियरलाई २०–१० ले पराजित गर्यो। सिनियर गल्र्समा द चाँदबाग स्कुलले स्वर्णिमलाई १९–१६ ले पन्छायो।

फुटबलको यु–१६ गल्र्समा एलआरआईले किड् लर्निङलाई १–० तथा एक्सेल्सियर ‘रातो’ ले एलआरआईलाई ४–० गोलले पराजित गरे। यु–१२ ब्वाइजतर्फ विद्या संस्कारले रातो बंगलालाई ४–३ गोलले हराएको छ।

टोलीको जितमा आदित्य शाहले २ तथा करण श्रेष्ठ र अनुभवले १–१ गोल गरे। रातो बंगलाका प्रज्ञान गौतमले २ तथा नोबलले १ गोल गरे।

प्रतिक्रिया दिनुहोस्