माउन्ट ओलिभलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं।

माउन्ट ओलिभले तेस्रो एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटसलको उपाधि बिहीबार जितेको छ। एनप्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा माउन्ट ओलिभले भीमेश्वर एकेडेमीलाई १–० गोलले पराजित गर्यो। तेस्रो स्थानका लागि भएको खेलमा ग्रिनफिल्ड नेसनल स्कुलले मान्डु एकेडेमीलाई २–० गोलले हरायो।

सिनियर ब्वाइज बास्केटबलको उपाधि भिडन्तमा ग्रिनफिल्डले युनिभर्सल सेकेन्डरी स्कुललाई २२–२१ को झिनोअन्तरले हराएको थियो। कान्तिपुर इङलिस स्कुलले तस्रो स्थानमा चित्त बुझायो।

ब्वाइज क्रिकेटमा कान्तिपुरले ग्रिनफिल्डलाई ६ विकेटले पाखा लगाएर उपाधि हात पार्यो। त्यस्तै अंकुर विद्याश्रमले विनायक स्कुललाई ७ विकेटले हराउदै तेस्रो स्थान हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्