साग पदक विजेता सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं।

सूर्यबहादुर थापा प्रतिष्ठानले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल धनकुटाका खेलाडी र प्रशिक्षकलाई बिहीबार नगदसहित सम्मान गरेको छ।

सागको पुरुष फुटबलमा स्वर्ण जितेका नेपाली फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ तथा करातेका कुशल श्रेष्ठ र तारा गुरुङलाई खेलकुदको माध्यमबाट धनकुटाको शान बढाएकोमा प्रतिष्ठानले सम्मान गरेको हो।

करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ काँस्य जितेको थियो। उनीहरूलाई प्रतिष्ठानका अध्यक्ष सुनील थापालगायलते दोसल्लाका साथै जनही नगद २५ हजार र प्रशंसा–पत्र प्रदान गरी सम्मान गरे।

प्रतिक्रिया दिनुहोस्