त्रिकोणको जित



काठमाडौं, (नेस)।

त्रिकोणले पाँचौं नेफ–साइपाल कप छात्र फुटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ। उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा त्रिकोणले क्लिन्टनलाई २–० गोलले पराजित गर्यो। त्रिकोणका रोशन न्यौपाने र रोशन तामाङले गोल गरे।

न्यु भिजन र वेस्टलाई सफलता

काठमाडौं, (नेस)। न्यु भिजन र वेस्ट ग्रुपले चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार जित हात पारेका छन्।न्यु भिजनले जेनिअमलाई १८–१४ ले पराजित गर्यो। वेस्ट ग्रुपले नेपाल तारालाई १०–९ को साँघुरो अन्तरले हरायो।

ब्वाइजमा रत्न शिक्षाले न्यु भिजनलाई २६–१९, जेनिअमले भीमेश्वर एकेडेमीलाई २८–१८, लाइसियम प्याराडाइसले ग्रिनविचलाई २०–१३, ग्रामरले मोनास्टिकलाई ११३–२७, हिमालयले एम्सलाई ५७–१४ र विद्या सदनले नेपाल तारालाई २१–४ ले पाखा लगाए।

 

 

प्रतिक्रिया दिनुहोस्