एक्सेल्सियरको विजयी शुरूआत



नेपाल समाचारपत्र, काठमाडौं।

आयोजक द एक्सेल्सियर स्कुलले आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१६ ब्वाइज फुटबलमा विजयी शुरुआत गरेको छ।बुधबार भएको खेलमा एक्सेल्सियरले ओरकल रे एकेडेमीलाई ५–० गोलले पराजित गर्यो।

विजेता टोलीका धीरज जोशीले २ तथा इश्वधन, रिजन पराजुली र साकार उप्रेतीले १–१ गोल गरे। यसै संस्करणदेखि शुरु भएको गल्र्सतर्फ ग्यालेक्सी पब्लिक स्कुलले एलआरआईलाई २–१ तथा किड्स लर्निङलाई ४–०, प्याराडाइसले प्रिमियरलाई ५–१, आयोजक एक्सेल्सियरले किड्स लर्निङलाई ७–०, काष्ठमण्डपले प्रिमियरलाई २–० र प्याराडाइसले एक्सेल्सियरलाई २–१ गोलले हराए।

यस्तै बास्केटबलतर्फ जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले न्यु अरूणोदयलाई २१–१३ तथा बिग बुद्धले एलआरआईलाई २७–१२ ले पाखा लगाए। सिनियर ब्वाइजमा न्यु जेनिथले प्रिमियरलाई ४२–१२ तथा एलआरआईले ओसिसलाई ३६–१८ ले पन्छाए। त्यस्तै सिनियर गल्र्समा द चाँदबाग स्कुलले बृहस्पतिलाई १३–५ तथा शिशु निकुञ्जले ल्याबलाई ९–४ ले पराजित गरे।

प्रतिक्रिया दिनुहोस्