केभीएस क्वार्टरफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौं विनायक शिक्षालय (केभीएस) तेस्रो एन प्याब्सन खेलकुद सप्ताहको ब्वाइज फुटसलमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एन प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आयोजित प्रतियोगितामा केभीएसले पिक प्वाइन्ट एकेडेमीलाई ६–० गोलअन्तरले पराजित गर्यो। त्यस्तै ग्रिनफिल्ड नेसनल स्कुल, माउन्ट ग्लोरी, भीमेश्वर एकेडेमी, मान्डु एकेडेमी, बेस्ट ग्रुप भिजन, कान्तिपुर इङ्लिस स्कुल र माउन्ट ओलिभ पनि अन्तिम आठमा पुगे।

प्रतिक्रिया दिनुहोस्