लुम्बिनी र पारामाउन्ट सफल



नेपाल समाचारपत्र, काठमाडौं।

लुम्बिनी र पारामाउन्टले पाँचौं नेफ–साइपाल कप छात्र फुटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन्।उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा लुम्बिनीले बीएनएलाई २–१ तथा पारामाउन्टले ओडिसी इन्टरनेसनल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३–२ गोललेले पराजित गरे।

अन्य खेलमा गोल्डेनपिकले हिमालय भ्यालीलाई २–१, हिमरश्मी ‘बी’ ले बाल विकासलाई २–०, पिस प्वाइन्टले रातो बंगलालाई २–० र ह्वाइट माउन्टेनले लालीगुराँसलाई १–० गोलले हराए।

प्रतिक्रिया दिनुहोस्