प्रथम भैरब भिम स्मिृती तेक्वान्दो प्रतियोगिताको उपाधि शुभलक्ष्मि डोजाङ्घलाई



लिला बहादुर सुनुवार, ओखलढुंगा ।

यहि मंसिर ३० गते देखि पुस १ गते सम्म ओखलढुंगाको नारायनस्थान अधेरीमा सञ्चालन भएको प्रथम भैरब भिम स्मिृति तेक्वान्दो प्रतियोगितामा शुभलक्ष्मि तेक्वान्दो डोजाङ्घ ओखलढुंगाले प्रथम स्थान हासिल गरेको छ । यसैगरि बर्नालु डोजाङ्घ ओखलढुंगाले दोस्रो र नेचासलल्यान तेक्वान्दो डोजाङ्घ सोलुले तेस्रो स्थान हासिल गर्न सफल भए ।

प्रतियोगितामा आफ्नो डोजाङ्घलाई प्रथम स्थान दिलाउनका लागी पुरुष ३२ के जी समुहमा सुनित तामाङ्घ लगाएत बिभिन्न उमेर समुहका ५ खेलाडीले पदक हासिल गरे । यसै गरि दोस्रो स्थान हासिल गर्ने बर्णालु डोजाङ्घका महिला ५२ के जी समुहमा अन्जना सिलवाल,महिला ५७ के जी समुहमा सुनिता राई र पुरुष ४८ के जी समुहमा एन्जल राई सहित ४ जना खेलाडीले पदक दिलाए । यसै गरि तेस्रो स्थान ल्याउन सफल नेचासलल्यानका लागी महिला ३८ के जी समुहमा सुस्मा राई,पुरुष २४ के जी समुहमा उज्वाल बास्ताला,महिला ४० के जी समुहमा कमला राई र पुरुष ३६ के जी समुहमा सहदेब भुजेलले पदक हासिल गरे । प्रतियोगितामा पुरुष तर्फ ३२ के जी उमेर समुहका सुजित तामाङ्घ र महिला तर्फ ५२ के जी उमेर समुहका अन्जना सिलवाल प्रतियोगिता भरिका उत्कृष्ट खेलाडी चुनिए ।

प्रतियोगितामा प्रथम, द्धतिय र तेस्रो स्थान हासिल गर्ने खेलाडी र डोजाङ्घलाई सिल्ड,मेडल र प्रमाणपत्र बितरण गरिएको थियो । पुरुस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली कांग्रेसका नेता डिल्लीराम खनालले खेलाडीहरुको प्रदर्शनले आफु निक्कै हर्सित भएको र खेलाडीहरुलाई निरन्तर सहयोग गर्न तयार रहेको बताए ।

यसै गरि जिल्ला तेक्वान्दो संग ओखलढुंगाका अध्याक्ष तथा तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्रि बिश्वराज राईले जिल्ला खेलकुद समितीले सहयोग नगर्दा प्रतियोगिता सञ्चालन गर्न निक्कै कठिनाई भएको बताए । हामीले उहाँहरुलाई कार्यक्रममा उपस्थितीको लागी निमानत्रणा पठाएपनि कार्यक्रममा एक जना प्रतिनिधी पनि उपस्थित नहुनु निक्कै दुखको कुरा रहेको अध्याक्ष राईले बताए । जुनसुकै परिस्थितीमा पनि आफु समग्र तेक्वान्दोको बिकाशमा लागी पर्ने र अगामी बर्ष प्रदेश १ स्तरिय तेक्वान्दो प्रतियोगिता ओखलढुंगामा सञ्चालन गर्ने प्रतिबद्धता समेत अध्याक्ष राईले गरे ।

प्रतिक्रिया दिनुहोस्