विज किड्स क्वाटरफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं।

विज किड्स तेस्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।विज किड्सले पिस प्वाइन्टलाई २५–१६ र २५–१३ को सोझो सेटमा पराजित गर्यो।

ब्वाइजमै ग्लोबलले बेबिलनलाई २५–९ र २५–१० तथा सम्भावीले रिभेरालाई २५–१२ र २५–१४ को सीधा सेटमा हराए। त्यस्तै प्रस्फुटनले नोबेलबाट वाक ओभर पाउँदै अन्तिम आठमा पुग्यो।

गल्र्समा विज किड्सले केभीएसलाई २५–९ र २५–४, लाइसियमले प्रस्फुटनलाई २५–७ र २५–८, क्याम्ब्रिजले रिभेरालाई २५–३ र २५–११ तथा ग्लोबलले पिस प्वाइन्टलाई २५–२१ र २५–२० को सोझो सेटमा पाखा लगाए।

प्रतिक्रिया दिनुहोस्