भीमेश्वरको विजयी सुरुआत



नेपाल समाचारपत्र, काठमाडौं।

भीमेश्वर एकेडेमीले चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार विजयी शुरुआत गरेको छ।

संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च (फिजम)द्वारा आयोजित प्रतियोगितामा भीमेश्वरले नेपाल तारालाई ३४–७ ले पराजित गर्यो।

हिमालयनले स्वर्णिम तारालाई ४०–३०, मोनास्टिकले लाइसियम प्याराडाइसलाई २४–१०, ग्रामरले ग्रिनविचलाई १०३–१५, हेब्रोनले नेक्सस्लाई ३७–९ र जेनिअमले विद्या सदनलाई २४–६ ले हराए।

गोठाटारस्थित मोनास्टिक पब्लिक इङ्लिस स्कुलमा भइरहेको प्रतियोगिताको गल्र्समा ग्रिनविचले लाइसियम प्याराडाइसलाई १४–८, हिमालयनले नेक्ससलाई २७–८, ग्रामरले मोनास्टिकलाई २९–२ र नेपाल ताराले दीपिका स्कुललाई ११–४ ले पाखा लगाए।

प्रतिक्रिया दिनुहोस्