खेलकुद सप्ताहको उद्घाटन



नेपाल समाचारपत्र, काठमाडौं।

एन–प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आयोजित तेस्रो एन–प्याब्सन खेलकुद सप्ताहको मंगलबार औपचारिक उद्घाटन गरिएको छ।

टुँडिखेलमा आयोजित एक कार्यक्रमबीच महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले प्रतियोगिताको उद्घाटन गर्नुभयो।

उद्घाटनका अवसरमा २५ भन्दा बढी विद्यालयका विद्यार्थीहरूले मार्चपास गरेका थिए। मार्चपासमा प्रशान्ती एकेडेमी पहिलो, काठमाडौं विनायक शिक्षालय दोस्रो र युनिभर्सल सेकेन्डरी स्कुल तेस्रो भएको आयोजकका प्रचार–प्रसार विभाग प्रमुख गेन्द्र लामाले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्