सागका बास्केटबल खेलाडी सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं।

भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्व विद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ।

महिला टिमका तीन खेलाडी सम्मानित भएका हुन्। फुल कोर्टमा सहभागी प्रतिक्षा मगर तथा थ्री बाइ थ्रीमा सहभागी सोनी वाइबा र मिना गुरुङ सम्मानित भए।

महिलाको फुल कोर्टमा नेपाल दोस्रो तथा थ्री बाइ थ्रीमा तेश्रो भएको थियो। उनीहरूलाई जनही ८ हजार १ सय ५५ रुपियाँ प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस्