नेफ–साइपाल कपमा ६४ टिम



काठमाडौं, (नेस)।

उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीको संयुक्त आयोजनामा पाँचौं नेफ–साइपाल कप छात्र फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।

प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने नेफका अध्यक्ष नारायण रोकाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

नर्वेमा जुलाईमा हुने मैत्रीपूर्ण फुटबलका लागि यसै प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरिने पनि बताइएको छ। साइपालले उत्कृष्ट ३० खेलाडीलाई प्लस टु अध्ययनका लागि ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्