चितवनसँग पोखरा पराजित



नेपाल समाचारपत्र, पोखरा।

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० मा डिफेडिङ च्याम्पियन पोखरा पल्टनलाई ६ विकेटले हराउँदै चितवन टाइगर्सले पहिलो जित निकालेको छ।

गत वर्षको उपविजेता चितवनले गत संस्करण फाइनलको बदला लिँदै घरेलु टोली पोखरालाई सजिलै हार चखाएको हो। गत वर्ष पोखरा पल्टनले चितवनलाई ३ विकेटले हराउँदै उपाधी हात पारेको थियो।

पोखरा रंगशाला क्र्रिकेट मैदानमा भएको खेलमा १ सय ८ रनको लक्ष्य चितवनले १४.५ ओभरमा ४ विकेटको क्षतिमा जित हात पारेको हो।टोलीको जितमा बाबर हायातले सर्वाधिक ६६ रनको योगदान दिए।

जितपछि कप्तान पारसले बताए –टीमले निकै राम्रो प्रदर्शन गर्यो। सोचें अनुसार खेलेको र अर्को खेलमा झन उत्कृष्ट खेल्ने आसा छ। लगातार साग गेम र वर्षाको कारण मैदानमा समस्या भएपनि दुई दिनको घामले केही राहत मिलेको छ।

नयाँ संस्करणमा नयाँ खेलाडी र नयाँ रणनीति अनुसार मैदानमा उत्रिएकोमा हामी सफल पनि भयौं।म्यान अफ द म्याच घोषित हुँदै १० हजार प्राप्त गरेका बाबरले छिटो ५० रन बनाएर पुरस्कृतसमेत भए। उनले ४२ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै दोस्रो संस्करणमा हालसम्म सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।

त्यस्तै सन्नि पटेलले २२ रन योगदान दिए। चितवनका कप्तान पारस खड्का ४ रनमै आउट भए भने आरिफ सेखले एक रन जोडे।

टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा अलआउट हुँदै १ सय ८ रनमा समेटियो। टोलीका लागि कप्तान शरद भेष्वाकरले सर्वाधिक ४५ रन बाहेक अन्य ब्याटसम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्