प्रहरी महानिरिक्षक फुटबल प्रतियोगितामा एसओएस बालग्राम र नेपाल प्रहरी ए विजयी



मोतीराम तिमल्सिना, काभ्रे ।
२७ औँ प्रहरी महानिरिक्षक फुटबल प्रतियोगितामा एसओएस बालग्राम काभ्रे र नेपाल प्रहरी स्कुल ए टिम विजयी भएका छन् ।

गत शुक्रबारबाट नेपाल प्रहरी स्कुल साँगाको आयोजनामा शुरु भएको छ । प्रहरी नायव महानिरिक्षक नारायण सिं खड्काले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।

प्रतियोगिता अन्र्तगत मंगलबार भएका खेलमा धुलिखेल अंग्रेजी माध्यमिक विद्यालय धुलिखेललाई एसओएस बालग्राम काभ्रेले शुन्यका विरुद्ध तीन गोल गरेको छ ।

एसओएस बालग्रामका वाङ चिलिङ्ग बोटेले दुई गोल गरेका थिए भने शंकर तामाङले एक गोल गरेका थिए । वाङ म्यान अफ दि म्याच घोषित भए ।
मंगलबार नै भएको दोश्रो खेलमा नेपाल प्रहरी स्कुल ए टिमले बेलर स्कुल बनेपालाई शुन्यका विरुद्ध चार गोल गरेको छ ।

प्रहरी स्कुलका प्रविन राना एक्लैले २ गोल गरेका थिए भने नवराज बानियाँ र श्रीराम गँदेलले एक÷एक गोल गरेका थिए । प्रविन राना म्यान अफ दि म्याच घोषित भएका थिए ।

प्रतियोगितामा काभ्रेपलाञ्चोक, काठमाडौ, भक्तपुर, ललितपुर लगायतका ८ वटा टिमको सहभागिता रहेको छ । गत वर्ष १२ टिमको सहभागिता रहेको थियो । सोहि वर्ष रनिङ ट्रफि सैनिक विद्यालयले हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्