न्युज अफ नेपाल, काठमाडौँ ।
नेपालमा विभिन्न कार्यक्रम सञ्चालनका लागि एसीयाली विकास बैंक, युरोपेली लगानी बैंक र स्वीस सरकारले विभिन्न कार्यक्रमको लागि अनुदान तथा ऋण सहायता दिने भएका छन् ।
एशियाली विकास बैंकले मात्रै विभिन्न आयोजना सञ्चालन गर्न ३९ अर्ब ८७ करोड सहायता दिने भएको छ ।
जसमध्ये वाग्मती नदी तटीय क्षेत्र सुधार आयोजनाका लागि ७ अर्ब १२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण तथा प्राविधक सहायता, पृथ्वी राजमार्गको मुग्लिङ्ग पोखरा सडक सुधारका लागि सासेक राजमार्ग सुधार आयोजना अन्तर्गत २१ अर्ब ४५ करोड, ग्रामिणउद्यम वित्तिय परियोजनाका लागि ५ अर्ब ६५ करोड र खाद्य सुरक्षा र कृषि व्यवसायीकरण कार्यक्रमका लागि ५ अर्ब ६५ करोडको ऋण सहायता छ ।
त्यस्तै विद्युत वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैंकले १२ अर्ब ५२ करोड ऋण दिने भएको छ ।
प्रदेश नं. १ मा प्रदेश सहयोग कार्यक्रमका लागि स्वीस सरकारले १ अर्ब रुपैयाँ अनुदान सहायता दिने भएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताए ।
यी मध्ये अन्य सहायताको रकम सरकारले स्विृकत गरीसकेको छ भने युरोपेली लगानी बैंकले प्रस्ताव गरेको सहायता लिने विषयमा छलफल गर्नका लागि वार्ता टोली समेत गठन गरेको बाँस्कोटाले बताए ।











प्रतिक्रिया