सुदूरपश्चिमको टोली घोषणा

0
Shares

बैतडी, (नेस)।

मनमोहन स्मृति (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका खेल्न जाने सुदूरपश्चिम प्रदेशको टालीको टुंगो लागेको छ।सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय सुदूरपश्चिम् प्रदेश टिमको टुंगो लागेको हो।

कप्तान भट्टसंगै विनोद लामा (उप–कप्तान) लोकेश वम (विकेटकिपर), खडक बोहरा, अरूण ऐरि, आकाश चन्द, शेर मल्ल, दिपक बोहरा, किरण कुमार ठगुन्ना, गजेन्द्र बोहरा, सुशील खड्का ,विकास आग्री, विक्रम ठगुन्ना र महेश अधिकारी रहेका छन।

अगामी पुस १५ गतेदखि सुनसरीको इनरुवामा सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली, आयोजक, मलेसियाको राष्ट्रिय टोली र सातै प्रदेशका गरी १२ टोली सहभागी हुने भएका छन्।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार पुरस्कार पाउनेछ।