गणेश घिमिरे, इलाम।
झन्डै दश वर्र्षअघि मात्रैै नेपालमा भित्रिएको फुटसल खेल आज आएर यहाँका तन्नेरी माझ पनि उत्तिकै लोकप्रिय हुँदै जान थालेको छ।
नेपालमा पहिलो पटक काइजन स्पोट्र्स सलुसन प्रालिले ठमेलमा एरेना फुटसल स्थापना गरेको थियो। यसै क्रममा इलाममा पनि पहिलो पटक फुटसलको स्थापना गरिएको छ।
इलाम जितपुरका रोशन राई र झापाका सुरेन्द्र राईले इलाम सदरमुकाममा फुटसलको स्थापना गर्नुभएको छ।
उहाँहरूले इलाम नगरपालिका ९ गोलवस्तीमा दुई रोपनी जमिन वार्षिक २ लाख ४० हजार रुपियाँ तिर्ने गरी १० वर्षका लागि लिजमा लिएर फुटसलको स्थापना गर्नुभएको हो।
इलाम स्पोर्टस सेन्टर नाम दिएर फुटसलसंगै अन्य विभिन्न खेलहरू पनि राखिएको छ। फुटसलका सञ्चालक रोशनका अनुसार अनलाइन गेमसमेत सञ्चालनको तयारी गरेको तथा बुद्धिचाल खेलका लागि पनि छुट्टै हल बनाएर खेलाउन थालेको छ।
फुटसलसंगै अन्य विभिन्न खेलहरू समावेश गरेर सञ्चालन गर्दा ९५ लाख रुपियाँ खर्च लागेको रोसनको भनाइ छ। फुटसल खेल खेलेबापत प्रतिघण्टा एक हजार रुपियाँ उठाइने उहाँले बताउनुभयो।











प्रतिक्रिया