क्रिकेटर अञ्जली सम्मानित

0
Shares

नेपाल समाचारपत्र, बैतडी।

कीर्तिमानी क्रिकेट खेलाडी अञ्जली चन्द गृह जिल्ला बैतडीमा सम्मानित भएकी छन्। चन्दलाई मंगलबार बैतडी जिल्ला क्रिकेट संघले गोठलापानीमा नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो।

बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोट घर भएकी अञ्जलीले हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद(साग)को क्रिकेट प्रतियोगितामा मालदिप्सबिरुद्ध २ दशमलव १ ओभर बलिंग गर्दै कुनै रन नखर्ची ६ विकेट हात पारेकी थिइन्।

उक्त कीर्तिमान हालसम्म टी ट्वान्टी क्रिकेट प्रतियोगितामा विश्वका कुनै पनि खेलाडीले बनाएका थिएनन्।