डीएभी स्कुल वीरगन्जको २६औं वार्षिकत्सव सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

डीएभी स्कूल वीरगन्जको २६औं वार्षिकत्सव सम्पन्न भएको छ। स्वर्गीय शंकरलाल केडियाको ८४औं जन्मजयन्तीको अवसर पारेर एक सातादेखि स्कूलले विविध कार्यक्रम गरी यस वर्षको वार्षिक उत्सव मनाएको छ।

वार्षिकउत्सवको अवसरमा विद्यालयको कामकाजमा योगदान पु¥याउने विद्यालयका प्रबन्धक दीलिप गुप्ता, शिक्षक सुधीर सिंह, दीपक क्षेत्री, चन्देश्वर साह, अन्जु बर्मा, मुन्ना साह, पलब ठाकुर, कर्मचारी विजय पटेलगायतलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक डा.त्रिदेव उपाध्यायको संयोजनमा समापन भएको कार्यक्रममा प्रमुख अतिथि एवं काठमाडौका समाजसेवी चन्द्र केसी, विद्यालयका डाइरेक्टर प्रदीप केडिया, विद्यालय सञ्चालन समितिका उपाध्यक्ष डा.विजयकुमार अग्रवाल, डीपीएसका प्रधानाध्यपाक डा. जीएस चौधरी, वीरगन्जका व्यवसायी सत्यनारायण मित्तल, घनश्यामदास चाचान,परवानीपुर गाउँपालिका वडा नं ३ चैनपुरका वडा अध्यक्ष गजेन्द्र पटेललगायतको सहभागिता थियो।

१९९३ मा स्थापना भएको डिएभी स्कूल वीरगंजमा हाल प्ले समुहदेखि कक्षा १२ सम्म पढाई हुन्छ।जम्मा ६ सय ३१ जना विद्यार्थी अध्ययनरत छन् भने ४६ जना शिक्षक र २९ जना कर्मचारी कार्यरत छन्।