भलिबलमा भारत र पाकिस्तान फाइनलमा


भारत र पाकिस्तान १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा आइतबार फाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई २७–२५, २५–१९, २१–२५ र २५–२१ को सेटमा पराजित गर्यो।

अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई २५–१५, २५–२१ र २६–२४ को सोझो सेटमा हरायो। महिलामा नेपाल र भारतले शनिबारै उपाधि भिडन्त पक्का गधरिसकेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।