मन्त्रीमण्डल पुनर्गठन


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीको भने जिम्मेवारी हेरफेर गरेका छन्। उनले मन्त्रीमण्डल पुनर्गठन गरि केही मन्त्रीहरूलाई हटाएका हुन् भने केही नयाँ मन्त्री बनाएका हुन्।

केही दिनदेखि मन्त्रीमण्डल पुनर्गठन हुने चर्चा चलिरहेको सत्ताधारि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मन्त्रीमण्डल पुनर्गठनको जिम्मा प्रधानमन्त्रीलाई नै दिइएको थियो।

राष्ट्रपतिको कार्यालयले बुधवार अबेर जारी गरेको वक्तव्य अनुसार ओलीले थप गरेका मन्त्रीहरूमा हृदयस त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ रहेका छन्।

त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै भुसाल कृषि तथा पशुपन्छी विकास, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात र गुरुङ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन्।

त्यसैगरी ओलीले तीनजना नयाँ राज्यमन्त्री पनि बनाएका छन्।

राज्यमन्त्रीहरूमा मोतीलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति, नवराज रावतले स्वास्थ्य तथा जनसङ्ख्या र रामवीर मानन्धरले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

ओलीले उपप्रधान र स्वास्थ तथा जनसङ्ख्या मन्त्री रहेका उपेन्द्र यादवलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री र कानुन, न्याय तथा संसदीय मन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाएका छन्।

Skip This