ओडिसीमा बास्केटबल हुने

0
Shares

काठमाडौं, (नेस)।
ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा १२औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंसिर ७ गतेदेखि हुने भएको छ।
प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १६ टिमले भाग लिने ओडिसीका प्रिन्सिपल नारायण रोकाले जनाएका छन्।
गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुने छ। ब्वाइजमा एन्जल्स हर्ट तथा गल्र्समा ग्रिनल्यान्ड डिफेन्डिङ च्याम्पियन हुन्।

Skip This