सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः १३ जनाको मृत्यु, कयौं घाइते


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा आइतबार बस खस्दा १३ जनाको मृत्यु भएको छ भने ४५ जना भन्दा बढि घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि वभिन्न अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

यस्तै नदिको विभिन्न भागबाट हालसम्म १३ जनाको शव निकालिएको छ । खोलामा डुबेको बस भने क्रेन लगाएर माथि तानिएको छ । बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।