सरकार जनचाहना अनुसार संम्वृद्ध नेपाल निर्माण गर्ने अभियानमा : गृहमन्त्री थापा



पुष्कर बुढाथोकी,भक्तपुर ।

गृहमन्त्री रामबहादुर थापाले बर्तमान सरकार जनताको चाहना अनुसारको संम्वृद्ध नेपाल निर्माण गर्ने अभियानका साथ अगाडी बढेको बताउनुभएको छ । नेकपा चाँगुनारायण नगर वडा नम्बर ५ कमिटिले आज छालिङ्गमा आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले देश र समाजलाई संम्वृद्ध बनाएर दुःखबाट मुक्त गराउने सरकारको चाहाना रहेको बताउनुभयो ।

सन् २०३० सम्ममा नेपाललाई संम्वृद्ध मुलुक बनाउने सरकारको योजना रहेको बताउँदै गृहमन्त्री थापाले सरकारले १५ औं पञ्चवर्षीय योजनामा ८ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो ।

नेपालमा पछिल्लो समय तिव्र गतिमा विकाश भईरहेको र आर्थिक वृद्धिदर ७.१ प्रतिशत भन्दा धेरै भएको तंथ्यांक आएको गृहमन्त्री थापाको भनाई छ ।

आउने ५ वर्षभित्रमा दोहोरो अंकको विकाश वृद्धिदर हासिल गर्ने लक्ष्य रहेको र १० प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हासिल हुने गृहमन्त्री थापाको भनाई थियो ।

यो आर्थिक वर्षदेखि आयातमा कमि आएको र निर्यात बढेकाले व्यापार घाटामा समेत कमि भएको उहाँको भनाई छ ।
कार्यक्रममा संघीय सांसद महेश बस्नेतले भक्तपुरमा विकाश निर्माण तिव्र गतिमा भईरहेको र नेकपाको नेतृत्वमा रहेका स्थानीय सरकारले एउटा वडामा ३ करोड रुपैयाँ भन्दा धेरै बजेट विनियोजन गरेको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भक्तपुर नगरकोट सडकखण्ड समयमा नै निर्माण सम्पन्न नहुदाँ भम्रण वर्ष सन् २०२०लाई असर पर्ने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्