महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति


न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वसभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतले महरामाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ५ दिनको अनुमति दिएको हो ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले जबर्जस्ती करणी उद्योगमा महराविरुद्ध उजुरी गरेपछि उनी पक्राउ परेका थिए । महरालाई प्रहरीले असोज १९ गते उनको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो ।

यसअघि पनि काठमाडौं जिल्ला अदालतले असोज २८ गते अनुसन्धनका लागि १३ दिनको म्याद दिएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।