उपाध्यायको शोकमा न्यायालय बन्द



नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतले आज सोमबार देशभरका अदालत बन्द हुने जनाएको छ। सर्वाेच्च अदालतसहित जिल्ला, उच्च र अन्य अदालत तथा न्यायाधीकरणसमेत बन्द रहनेछन्।

यही असोज १० गते पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएकोले उहाँको शोक प्रकट गर्न एकदिन बन्द रहने सर्वाेच्च अदालतले जनाएको हो।

असोज १२ देखि २६ गते कोजाग्रत पूर्णिमासम्म दशैंको बिदा परेकाले उक्त बिदा सकिइ अदालत खुल्ने पहिलो दिन आज एकदिन शोक बिदा दिइएको सर्वाेच्च अदालत प्रशासनले जनाएको हो।

पूर्वप्रधानन्यायाधीश उपाध्यायको ८२ वर्षका उमेरमा निधन भएको थियो। उहाँ उच्च रक्तचाप र मधुमेहबाट ग्रसित हुनुहुन्थ्यो। १९९४ मंसिर २० गते सिरहामा जन्मनुभएका उहाँले झन्डै ३८ वर्ष न्याय सेवामा बिताउनुभएको थियो। उहाँ २०४८ मा सर्वाेच्च अदालतका न्यायाधीश बन्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्